सर्बोच्च अदातलद्वारा सञ्चय कोषका प्रमुख प्रशासक गौतमलाई बर्खास्त नगर्न अन्तरिम आदेश
वि.सं.२०७८ भदौ १७ बिहीवार १७:१६
shares

काठमाडौ । सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै गौतम भोलिदेखि साविककै हैसियतमा कर्मचारी सञ्चय कोषमा फर्कन पाउनेछन् ।
सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने सरकारी निर्णयमा रोक लगाइदिएको हो । यो रिटमा थप सुनुवाइपछि मुद्दाको अन्तिम किनारा लाग्नेछ । गौतमलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयविरुद्ध गौतमले भदौ ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।






































