आन्दोलनमा उत्रिए बिपी प्रतिष्ठानका चिकित्सकहरु
वि.सं.२०७८ भदौ २० आइतवार ११:४१
shares

काठमाडौँ । सरकारले सहमति पालनामा चासो नदिएको बन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, नर्स लगायतका स्वास्थ्य कर्मी काम छाडेर आन्दोलनमा उत्रिएका छन् । चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प भएको छ । धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपीडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ । आन्दोलनकारीले आकस्मिक र कोभिड बाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन् । तर सूचना अभावले आज आइपुग्ने बिरामीलाइ आन्दोलन स्थलमै सेवा दिने तयारी भएको सयुक्त संघर्ष समितिले जानकारी दिएको छ ।
समितिका सदस्य डाक्टर पदम नेपालीका अनुसार सूचना अभावले आज आएका विरामी जाच्ने तयारीमा लागेको जानकारी दिए । प्रतिष्ठानको शुद्धिकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको थियो ।



































