kumari
stcnepal

सत्ता गठबन्धनको भविष्य फागुन १३ मा निर्धारण हुने !

अहिलेको सत्ता गठबन्धनलाई भत्काउन नेपाली काँग्रेसभन्दा बढी सक्रिय नेकपा एकीकृत समाजवादी लागि परेको छ । शेबहादुर देउवा नेतृत्वको सरकार हुँदा अध्यादेश मार्फत पार्टी विभाजन गर्दा पार्टी अध्यक्ष बनेका माधव नेपालले देउवाको गुण तिर्न जुनसुकै सर्तमा पनि अहिलेको गठबन्धन भत्काउनुपर्ने बताउँदै आएका छन् ।

गत हप्तामात्र नेकपा एमालेको नेतृत्वमा बनेका सुदूरपश्चिममा सरकार ढलेको छ । सरकारले विश्वासको मत पाउन नसकेकै कारण एक महिनामै सरकार ढलेको थियो ।

अहिलेको सत्ता गठबन्धनमा रहेका र प्रधानमन्त्री भएका पुष्पकमल दाहाल नै भित्री रुपमा अहिलेको सत्ता गठबन्धन भत्काएर काँग्रेससहितको गठबन्धन बनाउन चाहिरहेका छन् ।

मंसिर ४ गते भन्दा अगाडि शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदा कायम रहेका सत्ता गठबन्धन बनाउने कार्यमा प्रधानमन्त्री दाहालले भीत्रभीत्रै काँग्रेस सहितका दलहरुलाई सहयोग गरीरहेका हुनाले यो सत्ता गठबन्धनको भविष्य फागुन १३ गतेसम्ममा निर्धारण हुनसक्ने सम्भावना बढेर गएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँचवर्षे कार्यकाल यही फागुन २९ गते समाप्त हुने भएकाले गर्दा निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गराउने घोषणा गरी सकेको छ ।

राष्ट्रपतिका उम्मेद्वारले फागुन १३ गते उम्मेद्वारी दिनुपर्ने भएकाले त्यस दिनसम्ममा अहिलेकै सत्ता गठबन्धन कायम हुने कि अर्को गठबन्धन बन्ने भन्ने निर्धारण हुन सक्छ । काँग्रेस जसरी भएपनि अहिलेको सत्ता गठबन्धनलाई भत्काएर आफ्नो पार्टी सहितको सरकार बनाउन चाहिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकै दिनदेखी नै काँग्रेसले दाहाललाई फकाउन लागि परेको थियो । नेकपा एमालेको संयोजनमा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य पार्टीको सहयोग र समर्थनमा दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पुष १० गते नेकपा एमाले सहितका अन्य पार्टीका अध्यक्षहरुबीचमा भएको सहमतिलाई प्रधानमन्त्री दाहालले उल्लघन गर्दै काँग्रेससँग हात बढाएका हुनाले प्रधानमन्त्री दाहालको अस्थिर चरित्र उदाङ्गो हुँदै गएको छ ।

प्रधानमन्त्री दाहालले जसरी पनि प्रधानमन्त्री बन्नु परेको थियो र काँग्रेसले उनलाई प्रधानमन्त्री अस्वीकार गरेकै हुनाले उनी पुष १० गते एमाले अध्यक्ष केपी ओली निवासमा पुगेका थिए । त्यही दाहाललाई प्रधानमन्त्री बनाउने र राष्ट्रपति र संघीय संसद्को सभामुख एमालेले लिने सहमति भएको थियो ।

त्यसैगरी सातै प्रदेशमा प्रदेशमुख्यमन्त्री, प्रदेशसभामुख र उपसभामुख सहित मन्त्रीमण्डलमा समेत भागवण्डा गर्ने सहमति भएनुसार त्यो सहमति कार्यान्वयन हुँदै गर्दा प्रधानमन्त्री दाहालले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा बनाउनुपर्ने माला जप्न थालेका हुनाले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ ।

प्रधानमन्त्री दाहाल नेपालको राजनीतिमा अस्थिर राजनीतिक पात्र हुन् । उनले सत्ता स्वार्थका लागि जोसुकैसँग जस्तोसुकै सहमति जनाउन सक्छन् भने उनको विगतले देखाएको छ । जनताले माओवादी केन्द्रलाई पत्याउन छाडेका हुनाले पार्टी अध्यक्ष समेत रहेका दाहालले पार्टीको नाम, झण्डा, निर्वाचन चिन्ह नै परिवर्तन गर्ने घोषणा गरी सकेका छन् ।

जनताले पार्टी अध्यक्ष दाहालको अस्थिर राजनीतिक चरित्रकै कारण निर्वाचनमा पत्याएनन् । २०६४ को निर्वाचनमा समानुपातिकतर्फ ३१ लाख मत पाएको माओवादीले २०७९ मा आइपुग्दा ११ लाखमा थन्किनु परेको छ ।

आफ्नो पार्टीलाई जनताले किन पत्याएनन् भन्ने विश्लेषण नगरी पार्टीको नाम र निर्वाचन चिन्ह फेर फेरेर फेरी जनतालाई झुक्याउने प्रयास गर्नुभन्दा आफ्नो चरित्रमा सुधार गरी स्थिर राजनीति गर्नु नै उपयपुक्त हुनेछ ।

राजनीति भनेको जनताको सेवा गर्ने पवित्र उद्देश्य बोकेको एउटा समाजसेवी कार्य भएपनि यसलाई कमाई खाने भाडोको रुपमा प्रयोग गरीदै आएको र राजनीति गर्नेहरु धनाढ्य हुँदै गएका भएपनि जनताको जिवनस्तर माथि उठ्न नसक्ने हुनाले जनताले राजनीतिज्ञहरुलाई पत्याउन सकेका छैनन् ।

त्यसमा पनि माओवादी अध्यक्ष दाहाललाई÷दाहाल सत्ताबाहिर बस्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारका प्राय सबै सदस्यहरु सत्तामा रहेका छन् ।

त्यसै कारणले गर्दा र पुरै पाँच वर्र्षनै प्रधानमन्त्रीमा रहिरहने तीव्र इच्छा दाहालमा बढेको देखेरै काँग्रेसले दाहाललाई प्रयोग गरेर राष्ट्रपति आफ्नो पार्टीले लिने र दाहाललाई केही समयपछि आफुले दिएको विश्वासको मत फिर्ता लिएर सडकमा पछार्ने रणनीतिक उद्देश्यका साथ अघि बढेको छ ।

काँग्रेसलाई माधव नेपालले समेत सहयोग गरीरहेका छन् । उनको एकमात्र स्वार्थ भनेको नेकपा एमालेलाई सडकमा पु¥याउनु र आफ्ना १० भैयालाई मन्त्री बनाउनु नै हो ।

त्यसैले उनले सुदूरपश्चिममा एमालेलाई ठुलो झट्का दियौँ भन्दै अब फागुन १३ गते सम्ममा के के हुन्छ हेर्दै जानुहोस् सम्म भन्न भ्याएका छन् त्यो बल माधव नेपाललाई प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसले नै दिएको हो ।

कांग्रेसको रणनीति चंगुलमा फस्न पुगेका दाहालको अस्थिर चरित्रको फाइदा कांग्रेसले उठाउन सक्ने भएपछि दाहाल भने फेरी फस्न सक्ने सम्भावना बढेको हामीले ठहर गरेका छौं ।

footer