प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको रिटमा सर्वोच्चले मगायो निर्वाचन आयोगको सक्कलै निर्णय

715
shares

 

काठमाडौँ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीले आफूले कारबाही गरेका १४ सांसद निष्कासन गर्नुपर्नेमा माधव नेपालको पार्टीमा समावेश गरिदिएको भन्दै दिएको रिटमाथि दुई दिन पक्ष विपक्षको बहस सुनेर सक्कल फाइल मगाउने आदेश गरेको छ ।
नेकपा एमाले अध्यक्ष ओलीले सभामुख अग्नी सापकोटा र निर्वाचन आयोगविरूद्ध दिएको रिट दिएका थिए।

न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले निर्वाचन आयोगले भदौ ९ गते गरेको निर्णय र सभामुखले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको छ । एमाले अध्यक्ष ओलीले आफ्नो रिटमा पार्टीले गरेको कारबाहीअनुसार १४ सांसदलाई निष्कासन गर्न आदेश माग गरेका थिए ।

रिट निवेदक दलका १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नू÷गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गरिपाऊँ,’ रिटमा उल्लेख छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो । सभामुख सापकोटाले भने कारबाही अनुसारको निष्कासन नगरी एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports