सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इएफएल कप : म्यानचेष्टर सिटी र लिभरपुल अन्तिम १६ मा प्रवेश

546
shares

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र लिभपुरल इंग्लिस फुटबल लिग (इएफएल) कपको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको तेस्रो चरणको खेलमा साविक विजेता सिटीले वाइकोम्बे वन्डर्सलाई ६–१ को फराकिलो अन्तरले हरायो । एक गोलले पछि परेको स्थिति उल्टाएर सिटीले पुनरागमन जित हात पारेको हो।

सिटीका लागि रियाद महारेजले दुई गोल गरे भने केभिन डे बुरएना, फिल फोडेन, फेरान टोरेस र कोल पाल्मरले एक एक गोल गरे ।वाइमोम्बेका लागि ब्रान्डन हानलानले सुरुआती गोल गरेका थिए। यस्तै अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–० ले हरायो । लिभरपुलका लागि ताकुमी मिनामिनोले दुई तथा डिभोक ओरिगीले एक गोल गरे । प्रिमियर लिगकै एभरटन भने क्विन पार्क रेन्जर्ससँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports