संसदमा गुञ्जीयो : कालो धन चाहिदैन देश लुट्न पाइदैन
वि.सं.२०७८ असोज १९ मंगलवार १४:०६
shares

काठमाडौं । नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी प्रतिस्थापन बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ ।
आज प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरीरहेकै वेला सभामुख अग्नि प्रसाद सपकोटाले एमाले सांसदको नाराबाजीबीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ प्रतिनिधिसभा बैठकमा पेश गर्न अनुमति दिएका हुन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ ।






































