तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शंकराचार्यको उदघोष : बयालिस महिनामै नेपाल हिन्दूराष्ट्र बन्छ

572
shares

गुरु शङ्कराचार्यले अबको बयालिस महिनामा नेपाल हिन्दूराष्ट्र बन्ने उद्घोष गर्नुभएको छ । एकसय पैँतालिसौँ श्री मज्जदुरु शङ्कराचार्य गौबर्धन मठ पुरी पीठाधीश्वर महाराजका रूपमा चिनिनुहुने उहाँले बयालिस महिनाभित्र नेपालसहित भारत र भुटान पनि हिन्दूराष्ट्र बन्ने बताउनुभएको छ ।

नयाँ दिल्लीसहित भारतका विभिन्न स्थानमा आयोजना गरिने महत्वपूर्ण धर्मसभाहरूमा सहभागिता जनाउन असोज १५ गते जगन्नाथपुरीबाट बाहिरिनुभएका शंकराचार्यले दिल्लीका विभिन्न स्थानका अतिरिक्त गाजियावाद, हरियाणाको गुरुग्राम फरिदावाद र वृन्दावनलगायतका स्थानमा आयोजित धर्मसभालाई सम्बोधन गर्नुहुनेछ । पुरीबाट धर्मयात्रामा निस्कने क्रममा असी प्रतिशतभन्दा बढी हिन्दुराष्ट्र (नेपाल, भुटान र भारत) को काम ब्रह्मलोकमै भइसकेको बताउँदै शंकराचार्यले भन्नुभएको छ– ‘हामी केवल निमित्त मात्र हौँ, यो पवित्र कार्यमा हामीलाई त केवल निमित्त बन्ने अवसर मात्र छ, यो पुनित कार्य सम्पन्न हुने सुनिश्चित छ ।’

शंकराचार्यले अगाडि भन्नुभएको छ– ‘जसरी भगवान् श्रीकृष्णजीले युद्धमा अर्जुनको सारथी बनेर युद्ध नलडिकन अन्यायमाथि न्यायको विजय गराएर पाण्डवहरूलाई गौरवान्वित गराउनुभएको थियो, त्यसैगरी बयालिस (४२) महिनामा हाम्रोसामु शिवावतारले देवताहरूको अनुग्रहबाट हिन्दुराष्ट्रको स्थापना गराइदिनुहुनेछ ।

महागुरु शंकराचार्यको अभिव्यक्तिलाई संसारभरिका हिन्दु धर्मावलम्बीहरूले निकै गम्भीरतापूर्वक लिने गर्दछन् । उहाँको यो उद्घोषलाई विश्वभरि हिन्दूहरूले निकै उत्साहपूर्वक लिएका छन् । शंकराचार्यलाई अति उच्च तहका राजनीतिकर्मीहरूले समेत सम्मान र सम्पर्क गर्ने हुँदा उहाँको उद्घोष राजनीतिक रूपले समेत अर्थपूर्ण रहने ठानिएको छ । घटना र विचार वाट

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports