विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदै

845
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदै छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेको हो । माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

भाजपाले संसारभरीका पार्टीहरू सँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्ली स्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports