२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुन सचिव कहिले अवकाशमा जाँदैछन् ?

988
shares

काठमाडौं। निजामती सेवाका सचिवहरु धमाधम अवकाश हुन थालेका छन् । चालु आर्थिक वर्षमा कोही सचिव पाँच वर्ष र कोही ५८ वर्ष उमेर हद पूरा भएका कारणले अवकाश भएका छन् । अघिल्लो महिनाको असारमा सचिव यादव कोइराला सहित तीन सचिव अवकाश भएका थिए । कानुन सचिव धनराज ज्ञवाली साउन ५ गते बाट अवकाश हुँदैछन् ।

२०८० साउन २३ गते महालेखा परीक्षक कार्यालयकी राममाया कुँवर आगामी भदौ ४ गते, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल र शहरी विकास मन्त्रालयमा कार्यरत सचिव रविन्द्रनाथ श्रेष्ठ असोज ११ गते अवकाश हुँदैछन् । सचिव श्रेष्ठ सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा आर्थिक चलखेल गरेर बदनाम भएका थिए । उनी सेवा निवृत्त भएसँगै भौतिक पूर्वाधार मन्त्रालयका प्रा. सहसचिव अर्जुनजंग थापा बढुवा हुने सूचीमा रहेको समाचार स्रोतले बताएको छ ।

यसैगरी असोज २१ गते संसदमा कार्यरत सचिव पदमप्रसाद पाण्डे, कार्तिक ११ गते भूमिसुधार सचिव डा. दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र सचिव भरतराज पौडेल र पुस ९ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरे सेवा निवृत्त हुने सूचीमा परेका छन् । सचिवहरुको अवकाश हुने सूचीमा महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक महेश्वर काफ्ले, युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य गौतम फागुन ६ गतेबाट अवकाश हुने श्रोतले बताएको छ ।

त्यसैगरी फागुन २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं र चैत ११ गते श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव केवल भण्डारी अवकाश हुने भएका छन् । २०८० साल र २०८१ सालमा गरी झण्डै डेढ दर्जन सचिवहरुको अवकाश हुने भएपछि बढुवाको लाइनमा रहेका वरिष्ठ सहसचिवहरु शक्तिकेन्द्रमा दौडधूप गर्न थालेको समाचार सूत्रले बताएको छ । नयाँ विमर्शका साथमा ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports