२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखराले तोड्यो हारको श्रृखला, कर्णाली बिरूद्ध ६३ रनले बिजयी

390
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हराएको हो ।

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । पवन सर्राफले ३२, अरिफुल इस्लाम २४, दीपक डुम्रेले २२ तथा सोमपाल कामीले २१ रन जोडे ।कर्णालीको इनिङ्स ध्वस्त पार्न पोखराका मेहदी हसनले तीन तथा धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो ।यो जारी प्रतियोगिताकै उच्च स्कोर हो भने एनपीएलमा दोस्रो उच्च हो । गतवर्ष विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।ओपनिङ ब्याट्सम्यान युवराज सामराले शतक प्रहार गर्दै १०२ रनको योगदान दिए । जारी प्रतियोगितामा पहिलो शतक सामराकै नाममा रह्यो । ४८ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले रनको अर्धशतकीय इनिङ्स खेले । ३९ बल खेलेका उनले ७ छक्का प्रहार गरे । भुर्तेलले १० औं ओभरमा नन्दन यादवबाट जीवनदान पाएका थिए । आफैंले गरेको बलिङमा नन्दनले उनलाई आउट पार्ने मौका गुमाए । उनले क्याच मिस गरे ।कप्तान चमिका करुणारत्नेले विष्फोटक ब्याटिङ गर्दै नटआउट ३५ रन जोडे । ११ बल खेलेका उनले ३–३ छक्का र चौका प्रहार गरे ।

बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए ।कर्णालीले ५ खेलमा दुई खेल जित्दा ३ खेलमा हार ब्यहोरेको छ । कर्णालीको यो लगातार तेस्रो हार हो ।पहिलो जितको स्वाद चाखेको पोखरा २ अंकका साथ तालिकाको पुछारमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports