गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको अर्थमन्त्री महतको दाबी

611
shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उनले बताए । सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले त्यो आफूले गरेको पत्रकार सम्मेलनमा पटक-पटक दोहोर्‍याए ।

‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ,’ अर्थमन्त्री महतले थपे, ‘सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’

उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने पनि बताए । सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए । राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको अर्थमन्त्री महतको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports