कोशी प्रदेशका मुख्यमन्त्री बिरूद्धको मुद्धा तिन जना न्यायाधीशका पूर्ण इजलासमा आजदेखी सुनुवाई हुदै
वि.सं.२०८० साउन ९ मंगलवार १२:४९
shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति विरूद्व सर्वोच्च अदालतमा परेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाई हुँदैछ । यसअघि हिजो रिटलाई पूर्ण इजलासमा सुनुवाई गर्न आदेश गर्दै सुनुवाई स्थगित भएको थियो ।
आज न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको हो । मुख्यमन्त्री नियुक्तिमा सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेपछि सरकार गठन असंवैधानिक रहेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।






































