गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

715
shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचार विरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनले बताए । आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए । उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

गठबन्धन भित्रैबाट प्रयास भएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेस सहितको हाम्रो गठबन्धन शुद्ध छ ? भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’ उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको बताए । अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यो घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी उनले बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा हामीले सम्पूर्ण एयरपोर्टको सबै निकायहरुको नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने, नयाँ योजना बनाउने सोच बनाएका छौं,’ उनले भने, ‘प्रारम्भिक कदमको रुपमा आगमन कक्षमा लगेजको स्क्रिनिङमा होस् या कार्गोको स्क्रिनिङमा होस् कहिँ पनि प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्थालाई परिवर्तन गरेर त्यहाँ प्रहरीलाई उपस्थित गराउने र अरुको हकमा प्रविधि सहित नयाँ ढंगले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports