गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नाउपाले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना सांसदलाई फिर्ता बोलायो

845
shares

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो । शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरी सहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् । नाउपाको सो पत्रपछि सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योल सिर्जना भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports