बिदा स्वीकृत नगराई हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिन भित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालको निर्देशन
वि.सं.२०८० साउन १० बुधवार ०७:२१
shares

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिन भित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरण सहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।






























