kumari
stcnepal

सुकुम्बासी र प्रहरीबीचको झडप

 

काठमाडौँ । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरेका छन् । जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले बताएका छन् ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।
प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

footer