तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकामा गोलीकाण्ड एक नेपालीको मृत्यु

520
shares

 

काठमाडौँ । अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे ।
महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।

फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा गोली चलेपछि ९११ मा प्रहरीलाई खबर आएको थियो ।थानीय सञ्चार माध्यमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा सोमबार राति घटनामा भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको छ ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports