तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाढी पहिरोबाट सुदूरपश्चिम र गण्डकी सडक अवरुद्ध

494
shares

 

काठमाडौँ । लगातार ३ दिनको वर्षा आएको वाढी र पहिरोका कारणले गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गापालिका–३ बगरछाप, चामे गाउँपालिका–१ ईमाङ र वडा नम्बर–३ कोतेमा सडक अवरुद्ध छ ।

सुदूरपश्चिमको डडेलधुरा स्थित गन्यापधुरामा भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । बझाङको केदारस्यूँ र छबिसपाथिभेरामा जययृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मार्तडी–कोल्टी राजमार्ग बजुराको बुढिनन्दामा अवरुद्ध भएको छ । बुढिगंगा नगरपालिका–१ अमकोटमा साँफे–मार्तडी खण्ड पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports