सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वित्तीय विवरण अब्बल भएका लघुवित्तले आईपीओ निष्कासन गर्दै, कुनले कति ?

715
shares

 

काठमाडौं । सर्वसाधारण लगानीकर्ताको लागि ६ लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । आर्दश लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र जाल्पा लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् । नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएपश्चात यी ६ लघुवित्तले आईपीओ निष्कासन गर्नेछन् ।

– आर्दश लघुवित्तले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।

– सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

– नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

– उपकार लघुवित्तले २ करोड ६६ लाख २ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई क्यापीटललाई नियुक्त गरेको छ ।

– राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ नियकासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एनआईबीएल एस क्यापीटललाई नियुक्त गरेको छ ।

– जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ नियुक्त गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports