सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिंङ्को सुरुवात

637
shares

 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापीवित्तीय साक्षरता अभियानशुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीय तह सम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि
बंैंंकले ७६ जिल्लामा रहेका आफ्ना२८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।
यस्तो समाजपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, संचालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्र राज जोशी, ट्रान्ज्याक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेल, कार्ड संचालन प्रबन्धक
रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एक राज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारीहरु एवम् बनेपाका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports