माछापुच्छे बैंकले ल्यायोMBL CARDLESS WITHDRAWAL
वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:०३
shares

काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ बैकले विशेषगरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ । यसैक्रममा समय सापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले] MBL CARDLESS WITHDRAWALसेवा बैंकले संचालनमा ल्याएको हो ।
हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरीLCardless Withdrawal Option गई यस बैंकको ATMबाट नगद झिक्न सक्नुहुनेछ।
यस प्रक्रियामा आएको ओटीपीकोड भने गोप्यर सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गर्दछ ।



































