सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई भारत जान आग्रह

676
shares

काठमाडौं । समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान आग्रह गरेका छन् । ‘कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक

टेलिभिजनको उद्घाटन भएको’ भन्दै सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता जनाउने प्रधानमन्त्री तथा अन्य सत्तारुढ दलका नेताहरुको व्यवहार खेदजनक रहेको जनाएका हुन् ।

विज्ञप्तिमा भनेका छन्, भारतमा समेत पतञ्जलीको उत्पादनमा रोक लगाएको अवस्थामा नेपालमा भने पतञ्जलीको उत्पादनलाई प्रश्रय दिन लागिएकाले तत्काल यो कदमको विरुद्ध लाग्न आम नागरिकलाई समाजवादी केन्द्र नेपाल जोडदार माग गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports