सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको ललितपुर जिल्ला सभापतिमा श्रेष्ठ विजयी

494
shares

काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

आज भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाएका छन् ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

शनिबार भएको मतगणनामा कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए र उनले चित्रकारलाई समर्थन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports