सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पौडेल र सिटौलाले दिएनन् उम्मेदवारी

910
shares

 

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा उनीहरुले उम्मेदवारी दर्ता नगराएका हुन् ।

पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।

पौडेलले आज  एक विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports