linktrix Long Ad
Salt Trading Long Ad

फूलवारी – बंगलाबन्धु नाका फेरी आज देखी संञ्चालनमा

780
shares

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बंगलाबन्घु नाका खुलेको छ । नाका खुलाभएसँग बंगलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेश तर्फ र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।’

कार्यालयकाअनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बंगलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports