२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलाई राज्यबाट केही पनि लिनु छैन : प्रधानमन्त्री ओली

715
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् ।

शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए ।नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए ।

ती बालबालिका रोएको सम्झिँदा आफूलाई आँशु आउने भन्दै उनले भने, ‘म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु, त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’ नेपाललाई अविकसितबाट विकसित बनाउने, उत्पादकत्व वृद्धि गर्ने र जनताको आम्दानी वृद्धि गर्नेमा आफ्नो ध्यान रहेको ओलीले बताए । ‘मुलुकलाई सुशासन दिनुछ, विकासको गति तिब्र गतिले अगाडि बढाउनु छ’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports