२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गायक प्रकाश तिमिल्सिनाको निधन

1.22K
shares

काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।

तिमिल्सिना सङ्गीतलाई आफ्नो जीवनको सर्वश्व ठान्थे। विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली सङ्गीतमा स्थापित गरेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports