सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१६ सहसचिवको सरुवा : को कहाँ पुगे ?

533
shares

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ सहसचिवको सरुवा गरेको छ । मन्त्री राजेन्द्र श्रेष्ठले बुधबार सरुवाको निर्णय गरेका हुन् ।
जसअनुसार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौडेललाई पठाइएको छ । महानगरमा कार्यरत राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने सो महाशाखामा रघुराम विष्टलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ कोसामाजिक मन्त्रालयका सचिव कमल भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आदिवासी जनजाति आयोगका भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका नीराजन घिमिरेको दलित आयोगमा सरुवा भएको स्रोत बताउँछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports