२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस वर्षको मनसुन नेपालबाट बाहिरिदैँ

117
shares

काठमाडाैं । यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको छ । यस वर्षको मनसुन बाहिरिने औसत मिति अक्टोबर २ आज (असोज १६) परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने यो औसत समय भएकाले केही दिन अघि वा पछि हुन सक्नेछ ।मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन देशबाट एकैपटक नभई पश्चिमी भू–भागबाट क्रमैसँग हट्दै पूर्वी प्रदेशबाट पूर्ण रूपमा बाहिरिनेछ । हाल महाशाखाले यसको सूक्ष्म अनुगमन गरिरहेको र चाँडै औपचारिक बुलेटिन जारी गर्ने तयारीमा रहेको जनाएको छ ।

यस वर्ष औसत मिति (जुन १३) भन्दा ६ दिन ढिला गरी जुन १९ (असार ५)मा भित्रिएको मनसुन जुन ३० मा देशव्यापी बनेको थियो । मनसुन बाहिरिएपछि नेपालमा दुई महिना (अक्टोबर र नोभेम्बर) ‘पोस्ट-मनसुन’ सिजन रहनेछ भने डिसेम्बरदेखि हिउँद (विन्टर) सुरु हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports