kumari
stcnepal

 बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै

बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या हवत्तै बढेको छ ।हिजो शनिबार मात्र एक लाख २२ हजार भन्दा बढी संक्रमित भेटिएको छ । यसअघि शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएको थियो ।

हिजो शनिबार १ लाख २२ हजार १८६ जनामा सक्रमित देखिएको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमितको संख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ ।

पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । बेलायतमा अहिलेसम्म एक करोड १८ लाख ९१ हजार सङ्क्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या एक लाख ४७ हजार रहेको छ ।

footer