सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिराहामा सिके राउत नेतृत्वको कार्यकर्ताले गरे सवारीमा तोडफोड

533
shares

सिराहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका छन्। आज सिराहामा पार्टीले आम हड्तालको घोषणा गरेको थियो।हड्ताल गर्दै हिँडेका पार्टीका कार्यकर्ताहरूले औरही गाउँपालिका वडा नम्बर ५ मा सवारी साधन तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

अहिलेसम्म उनीहरूले कति वटा सवारी साधनमा तोडफोड गरेको भन्ने संख्या आइनसकेको उनले बताए।‘उनीहरूले बिहानैदेखि बन्द गराउँदै हिँडेका थिए। आज आमहड्ताल घोषणा गरेर राजमार्ग पनि बिहान केहीबेर बन्द गरेका थिए,’ उनले भने, ‘अहिले खुलाइसकेका छौं।’तोडफोड तथा बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

केही दिनअघि औरही गाउँपालिकाले गहुँको बिउँ बाँडेको थियो। त्यही बिउ लुटपाट गरेको भन्दै गाउँपालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।प्रहरीले सोही ठाउँका मिथलेस यादवलाई लुटपाट गरेको आरोपमा पक्राउ गरेको छ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै जनमत पार्टीले  सिराहामा  आज आमहड्तालको घोषणा गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports