सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अनावश्यक रवाफ नदेखाउन सर्कुलर

442
shares

 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका अनावश्यक रवाफ नदेखाउन ७७ वटै जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।
पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपा पार्टी स्रोतको दाबी छ ।
केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा लिङ्देनले २५ केजीको फुलको माला अस्वीकार गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports