सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु

468
shares

काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

दिल्ली प्रदेश सरकारले आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो । दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports