प्रज्ञा भवनमा हुने माओवादी आठौँ महाधिवेशनको बन्दसत्र ११ बजेदेखि सुरु
वि.सं.२०७८ पुस १२ सोमवार १०:३५
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधान लगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले बताउनु भयो ।
बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।






























