सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाठकमाथि मुद्दा चलाउने तयारी

442
shares

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग बयान लिन थालेको छ । पाठकले विवादास्पद इन्जिनियरिङ्ग कलेजको मुद्दा मिलाई दिने भन्दै विभिन्न समयमा ७८ लाख रुपैँया घुस लिएको स्वीकार गरेका थिए । घुस काण्डमा मुछिएपछि आयुक्तको पदबाट राजिनामा दिन उनी बाध्य भएका हुन् ।
आयोगले घुस काण्डमा मुछिएका पाठकसँग बयान लिई अनुसन्धान गर्न आयोगका सहसचिव सहित ३ जनाको अनुसन्धान टोली केही दिन पहिला गठन गरेको थियो । त्यही टोलीले पाठकसँग मौखिक र लिखित बयान समेत लिँदै आएको छ । घुस काण्डको भिडियो बाहिर आएपछि मात्र घुस काण्डको पर्दाफास भएको थियो । नेपाल इन्जिनियरिङ्ग कलेज भक्तपुरको चागुँनारायणमा रहेको कलेजका तत्कालिन अध्यक्ष लम्बोदर नेउपाने फरार भएपछि मुख्य आरोपी रहेका पाठकसँग बयान लिन थालिएको आयोग सुत्रले जनाएको छ । बयानमा पाठकले आफ्नो बचाऊ गरेका भएपनि आयुक्त भएपछि उनको सम्पीत्त ह्वात्तै बढेको हुनाले पाठकको सम्पत्ति कसरी बढ्यो ? भन्नेमा समेत अनुसन्धान हुनु आवश्यक छ । पाठकको शान्तिनगरमा रहेको घरमै सादा पोसाकमा रहेका प्रहरीहरु आयोगले खटाएर स्थानहद तोकिदिएको छ ।
पाठक विदेश भाग्न सक्ने भन्दै त्रिभुवन विमानस्थल र सडकमार्गमा समेत कडाई गरिएको छ । लम्बोदर नेउपाने सडकमार्ग हुँदै भारत भागेपछि अख्तियारले सतर्कता अपनाएको हो । पाठकलाई अख्तियारले घुस लिएकोमा भ्रष्टाचारजन्य अपराध र अकुत सम्पत्तिमा समेत मुद्दा चलाईने तयारीमा अख्तियार रहेको छ । पाठकका परिवार र नातेदारहरुको समेत सम्पत्ति खोज्ने काममा आयोग जुटेको छ । नेपाल इन्जिनियरिङ्ग कलेजको विवाद मिलाई दिने भन्दै नेउपाने सँग पाठकले ७८ लाख घुस लिएका थिए । नेउपाने र दीपक भट्टराईबीच स्वामित्वको विवादमा कलेज परेको छ । भट्टराई समूहले दुई वर्षदेवी नेउपाने समूहलाई कलेजमा प्रवेश गर्न दिएको थिएन । त्यही विवाद मिलाईदिने शर्तमा पाठकले ७८ लाख रुपैँया घुस लिएका थिए । घुस काण्डमा राजपाका नेता ज्ञानेन्द्र झासँग समेत अख्तियारले वयान लिइसकेको छ । उनीसँग लिखित वयान लिइएको थियो उनले ३८ र ४० लाख गरी दुईपटक रकम पाठकलाई बुझाएको स्वीकार गरेको अख्तियारले जनाएको छ ।
पाठकका भाई पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग कलेजका डिन शुभनारायण पाठकको बयान समेत अख्तियारले लिएको र शुभनारायणले राजपाका नेतासँग १५ लाख रुपैँया लिएका थिए । यस विषयमा अख्तियाले मुद्दा चलाउने भएपछि राजनीतिक क्षेत्रसमेत तरङ्गित भएको छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports