२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका फर्स्ट : ट्रम्प

819
shares

न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ । यसैबिच चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठुलो र्‍याली गरेका छन् ।

 

र्‍यालीमा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्‍याए । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए ।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् । उनले र्‍यालीमा उपस्थित भीडलाई ‘के तपाईं विपक्षमा हुनुहुन्छ ?’ भनेर सोधेका थिए, जसमा भीडले ‘होइन’ भनेर नारा लगाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports