२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा

949
shares

काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डिआइजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । यसअघिका एआईजी श्याम ज्ञवाली सहितका उच्च प्रहरी अधिकृतहरूले उमेर हद्दका कारण अवकाश रोक्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि श्याम ज्ञवाली, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल सहित ५ जनाले सर्वोच्च अदालतबाट निवेदन फिर्ता लिए । ज्ञवाली र पोखरेलले यसअघि नै अवकाश पाइसकेका छन् ।

आइतबारबाट बास्तोलाको अवकाशसँगै प्रहरीमा ८ जना डीआईजीको पद रिक्त भएको छ । रिक्त पदमा बढुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले ताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports