१० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै माओवादी सांसद दुर्गा राईको अख्तियार प्रमुखलाई प्रश्न
वि.सं.२०८१ कात्तिक १२ सोमवार १४:२८
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै प्रश्न गरेकी छन् ।
सोमबार आयोजित राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद राईले सो प्रश्न गरेकी हुन् । ‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ? एम्नेष्टिले यसलाई भ्रष्टाचार भनेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार भ्रष्टाचार हो कि हैन ?’ उनले प्रश्न गरिन् ।

































