स्पष्टीकरणपत्र विषयमा अध्ययनमै छु : भीम रावल
वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:२४
shares

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणपत्र बुझाइनसकेको बताएका छन् । पार्टीले ७ दिनको म्याद दिएर सोधेको स्पष्टीकरणपत्रको जवाफ बुझाउने अन्तिम दिन सोमबार भएपनि रावलले अझैसम्म पार्टी कार्यालयमा नपठाएका हुन् ।
‘म यो विषयमा अध्ययनमै छु । बुझाइसकेको छैन’, उनले भने । व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान दिएको विषयमा नकारात्मक टिप्पणी गरेको भन्दै एमाले सचिवालय बैठकको निर्णय अनुसार कात्तिक ६ गते रावल सहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण दिन ७ दिनको म्याद दिएर महासचिव शंकर पोखरेलले पत्राचार गरेका थिए । जुन स्पष्टीकरणको जवाफ पाण्डे र तिम्सेनाले भने दिइसकेका छन् ।

































