बालकुमारीमा आगलागी हुँदा डान्ससेन्टर सहित ४ पसल जले
वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:०१
shares
fire isolated over black background
काठमाडौँको बालकुमारीमा गएराति आगलागी भएको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बालकुमारी पुलवारी कोटेश्वर तर्फ रहेको सीसीआरसी कलेज नजिकैको स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर मध्यराति आगलागी भएको हो।
आगलागीमा परेर जुम्बा डान्ससेन्टर, डगेरा फार्मेसी, पान पसल र मःम पसल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीको खबरपछि पुगेका काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको एसपी अधिकारीले बताए।

































