विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति : प्रधानमन्त्री ओली

663
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन ।

नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकोले सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।२१औं राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने बताए ।

सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहितको टोली नेवारी बाजागाजा सहित प्रधानमन्त्रीलाई निम्तो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही ३० मंसिरमा मनाइनेछ । उक्त दिन काठमाडौंमा र्‍यालीसहित वसन्तपुरमा कार्यक्रम आयोजना तय गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports