kumari
stcnepal

इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

काठमाडौँ । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।

राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।

 

footer