२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कहाँ कस्तो छ आज राजमार्गको अबस्था ?

195
shares

काठमाडाैँ । बाढी र पहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे अद्यावधिक विवरणअनुसार राजमार्गका केही खण्ड एकतर्फी सञ्चालनमा आएका छन् भने केही पूर्ण रूपमा बन्द रहेका छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–०२ बैसरीमा गत असोज १० गते बिहान गएको पहिरोका कारण बेनि–जोमसोम सडक खण्ड एकतर्फी रूपमा मात्र सुचारु रहेको छ।त्यस्तै, नवलपरासी (पूर्व) को बौद्धिकाली गाउँपालिका–०३ जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित भएको छ। उक्त सडक खण्ड एकतर्फी सुचारु भए पनि साना सवारी मात्र चल्न सक्ने र ठुला गाडी आवतजावत गर्न नसक्ने स्थिति छ।

यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीका कारण सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports