२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज चार जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुदैँ

182
shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज चार देशका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको कार्यसूचीअनुसार श्रीलङ्काका लागि प्रस्तावित डा. मञ्चला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिएको छ ।

समितिले विभिन्न १३ मित्रराष्ट्रका लागि प्रस्तावित नेपाली राजदूतहरूको नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूचीसमेत राखेको छ ।

संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८:३० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports