कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आज दिउँसो ३ बजेपछि सुरु
वि.सं.२०८३ असोज २८ बुधवार १४:०५
shares

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत चार प्रदेशको मतगणना आज दिउसो ३ बजेदेखि सुरु हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई मतगणनस्थलमा उपस्थित हुन सूचित गरेको छ।
आज दिउसो ३ बजेदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदहरूको मत गणना गर्न लागिएको हो।



































