२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरियो

962
shares

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो।

यसअघि असोज १७ गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको थियो।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए तापनि यस वर्ष भने सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको छ। मनसुनको बहिर्गमन भइसके पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports