२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता

845
shares

काठमाडौँ । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च प्रशासनले यसअघि गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । ‘कोशीका पूर्व मन्त्रीलाई मानव तस्करी मुद्दामा उन्मुक्ति प्रदान गरेकोमा सो विरुद्धको मेरो रिटलाई दरपिठ गरिएकोमा सो दरपिठ आदेशलाई बदर गर्न मैले सर्वोच्च अदालतमा निवेदन पेस गरेको निवेदन अहिले दर्ता भएको छ’, उनले भने ।

रिटको सुनुवाइ आगामी मङ्सिर २३ गते आइतबार हुने उनको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports