linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

1.01K
shares

काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports