linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह

1.04K
shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले दोषीलाई कारबाही गर्न र यसका लागि आफू सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

बैठकमा वासुदेव घिमिरेले शेरा दरबार प्रकरणबारे प्रश्न गरेका थिए । त्यसबारे जवाफ दिँदै प्रचण्डले भने, ‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ । मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु ।’ ‘म प्रधानमन्त्री हुँदै गर्दा विभिन्न खालका भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूको बारेमा जो कोही पनि कानुन मिचेर कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन हुँदैन भनेको थिएँ,’ उनले थपे, ‘मैले आफ्नै पार्टीका नेताहरू दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ । राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जो कोही होस्, कानुनको दायरामा ल्याउनुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ ।’

फरक प्रसङ्गमा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा निष्कर्षमा पुर्‍याउन पहल गरेकोमा समितिलाई त्यसका लागि धन्यवाद दिए । हदबन्दीसँग सम्बन्धित विषय होस् या अन्य विषय त्यसमा सबै सैद्धान्तिक रूपमा सहमत भएकै विषय रहेको उनको भनाई थियो । ‘अन्य कतिपय अख्तियारसँग सम्बन्धित विषयहरू छन्, त्यो त्यति बेला नै के गर्नुपर्छ भनेर छलफल गरेर गरौँला,’ उनले भने, ‘गृहमन्त्रीले सरकारको विषय राख्नुहुने नै छ । उपसमितिबाट सर्वसम्मत रूपमा पारित भएर आइसकेको हुनाले धेरै माथापच्छी गर्नु पर्ने विषय जस्तो लागेन । यसलाई छिटो छरितो ढङ्गले पारित गरेर अघि बढ्नु नै उचित हुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports