linktrix Long Ad
Salt Trading Long Ad

प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने

689
shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउनसक्ने सूचनामा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports